Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालद्धारा पीएनजीलाई १ सय ८४ को लक्ष्य प्रस्तुत

नेपालद्धारा पीएनजीलाई १ सय ८४ को लक्ष्य प्रस्तुत

  • सोमवार, चैत्र १४ २०७८

  • 591
    SHARES

  • नेपालद्धारा पीएनजीलाई १ सय ८४ को लक्ष्य प्रस्तुत


    काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले पप्पुवा न्युगिनी ९पीएनजी० लाई १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनायो ।

    नेपालको ब्याटिङमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए ।

    आक्रामक सुरुवात गरेका कुशल भुर्तेल १ छक्का र ३ चौका प्रहर गर्दा रन आउट हुन पुगे । खेलको पहिलो बलमा छक्का प्रहार गर्दै आक्रामक सुरुवात गरेका भुर्तेल दोस्रो बलमा रनआउट हुनबाट बचेका थिए । तर तेस्रो ओभरको तेस्रो बलमा उनी २० रन बनाउँदा सहज रनआउट भए ।

    दोस्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गरेपछि नेपालले ठुलो स्कोर खडा गरेको हो । आसिफले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए । अलेइ नाओको बलमा एज लागेर किपरको हातबाट आउट हुँदा आफ्नो दोस्रो अर्धशतकबाट ७ रनले पछि परे ।

    रोहितले ३४ रन बनाए । चाड सोपरको बलमा एज लागेर क्याच हुनु अघि २६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

    रोहित र आसिफले बाहेक अन्य खेलाडीले ठुलो साझेदारी गर्न सकेनन् ।
    आक्रामक सुरुवात गरेको नेपालले ११ औं ओभरमा १ विकेट गुमाएर १ सय ४ रन बनाएको अवस्थाबाट थप ३० रन जोड्न ५ विकेट गुमायो । नेपालले १२ औं ओभर देखि १६ औं ओभरसम्म हरेक ओभरमा विकेट गुमाउन पुग्यो ।

    आरिफ शेखले २२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाएर आउट भए ।

    दिपेन्द्र सिंह ऐरी ४ रनमा पेभिलियन फर्किए । चार्ल्स अमिनीको बलमा रिभर्स सट हान्ने प्रयास गर्दा असद भालाको हातबाट क्याच आउट भए ।

    रिले हेकुरेको स्लोवर बलमा बोल्ड भएका कुशल मल्लले १ चौका र १ छक्का प्रहार गर्दा ११ रन मात्र बनाए । लोकेश बमले ४ बलमा १ चौकाको मद्दतमा ५ रन जोड्दा आउट भए ।

    १४ रन बनाएका करन केसीले नाओको फुलटस बलमा क्याच हुनु अघि २ छक्का प्रहार गरेका थिए । सोमपाल कामीले ४ बल खेल्दा मात्र १ रन बनाउन सके ।

    सन्दीप लामिछाने २ बलमा १ रन बनाउँदा अविजित रहे ।

    पीएनजीका चार्ल्स अमिनी, अलेइ नाओ र चाड सोपरले २र२ विकेट लिए । नोरमान भानुअ र रिले हेकुरेले १र१विकेत हात पारे ।


    सोमवार, चैत्र १४ २०७८०२:४०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij