Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ८३ पुग्यो

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ८३ पुग्यो

  • मंगलवार, श्रावण २७ २०७७

  • 553
    SHARES

  • कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ८३ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घन्टामा ४ मृतकमा कोरोना पुष्टि भएसँगै कूल संख्या ८३ पुगेको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

    मन्त्रालयका अनुसार धनुषाका दुई, काभ्रेपलाञ्‍चोक र सिन्धुपाल्चोकका एक/एक जनाको मृत्यु भएको हो । धनुषा विदेह नगरपालिका ८ बस्ने ६० वर्षका पुरुषको सोमबार राति प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो । ती पुरुष साउन ८ गते निमोनिया भइ अस्पतालमा आईसीयूमा उपचारमा थिए । उनमा क्षयरोगसमेत थियो ।

    यस्तै मिथिला विहारी नगरपालिका ५ का ५० वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको मृत्युपछि स्वाब नमुना संकलन गरी परीक्षण गर्दा सोमबार कोरोना पुष्टि भएको हो ।

    ती पुरुष झाडापखाला लागी मोटरसाइकलमा आस्पताल जाँदै गर्दा बाटोमा बेहोस भइ लडेको र अस्पताल पुर्‍याउँदा मृत घोषणा गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    अर्का मृतकमा काभ्रे पाँचखाल नगरपालिका १ का ५० वर्षीया महिला छिन् । उनको किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा मंगलबार मृत्यु भएको हो । आइतबार निमोनियाको लक्षण लिई अस्पताल भर्ना भएकी ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार नै कोरोना पुष्टि भएको हो । ती महिलामा फोक्सो तथा पित्तथैली सम्बन्धी रोग पनि थियो ।

    सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ४ निवासी ८४ वर्षीय पुरुषको २२ गते मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको थियो । मुटु तथा मिर्गौला सम्बन्धी समस्याका कारण २१ साउनमा अस्पताल भएका ती वृद्धामा मंगलबार कोरोना पुष्टि भएको हो ।


    मंगलवार, श्रावण २७ २०७७०७:०९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij