Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सञ्चारिका समूहको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी

सञ्चारिका समूहको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी

  • शनिवार, चैत्र १२ २०७८

  • 688
    SHARES

  • सञ्चारिका समूहको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी

    काठमाडौं । सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी हुनुभएको छ । गएराति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी हुनुभएको हो ।

    विमलाले ८५ मत ल्याउनुभयो भने उहाँसँग पराजित हुने कमला पन्थीले ८३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी हुनुभएको छ ।

    उपाध्यक्षमा पवित्राले गीताकुमारी मैनालीलाई पराजित गर्नुभएको हो भने महासचिवमा वसन्तीले यशोदा अधिकारीलाई पराजित गर्नुभयो । त्यस्तै सचिवमा दुर्गाले पवन वर्षा शाहलाई पराजित गर्नुभयो । कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गर्नुभएको हो ।

    महाधिवेशनबाट सदस्यहरूमा आठ जना विजयी भएका छन् । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, नुनुना राई, मञ्जिमा ढकाल, लोग्सरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी हुनुभएको छ । 

     


    शनिवार, चैत्र १२ २०७८०७:१४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij