Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, आज कुन जिल्लामा कति थपिए?

नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, आज कुन जिल्लामा कति थपिए?

  • मंगलवार, श्रावण २७ २०७७

  • 632
    SHARES

  • नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, आज कुन जिल्लामा कति थपिए?

    काठमाडौं । नेपालमा मंगलबार थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौँका ११०, ललितपुरका १६, भक्तपुरका ८ , खोटाङका १, सर्लाहीका ४१, सिरहाका १४, स्याङ्जाका १, रौतहटका २०, बाराका ३९, कपिलवस्तुका १८, धनुषाका १, रुकुमका १,  सिन्धुपाल्चोकका १, सुनसरीका १, सुर्खेतका ५, रुपन्देहीका ३३ र दाङका ८ जनामा कोरोना पुष्टि भएको छ।

    यस्तै दैलेखका ३, सल्यानका २, रोल्पाका १, बागलुङका २, तनहुँका २, नवलपरासीका २, प्युठानका १७, अछामका १, अर्घाखाँचीका १, बाँकेका २९, धादिङका ११, दोलखाका १, इलामका १, जाजरकोटका १, कालिकोटका १, ओखलढुङ्गाका २, पाँचथरका १, पर्वतका २, रामेछापका १, धनकुटाका १, झापाका १० र मोरङका ४२ जनामा कोरोना संक्रमण देखिएको छ।

    यसैगरि सुनसरीका ३२, उदयपुरका १६, धनुषाका २३, महोत्तरीका १२, सप्तरीका १३, पर्साका ७०, गोर्खाका १, नुवाकोटका ३, दाङका १, चितवनका ३, काभ्रेका ४, मकवानपुरका १, बर्दियाका १,  दार्चुलाका १ र कास्कीका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    कोरोना भाइरसको संक्रमण निको भएर थप १ सय ७१ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १६ हजार ६ सय ६४ पुगेको छ।


    मंगलवार, श्रावण २७ २०७७०६:०७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij