काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३४२ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
मन्त्रालयका अनुसार अहिले देशभर १ हजार ९६० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ६४ हजार ३४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिले निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।