Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

लेटाङ घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन मानवअधिकार आयोगको आग्रह

लेटाङ घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन मानवअधिकार आयोगको आग्रह

  • शुक्रवार, चैत्र ११ २०७८

  • 567
    SHARES

  • लेटाङ घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन मानवअधिकार आयोगको आग्रह

    काठमाडौं - राष्ट्रिय मानवअधिकार आयोगले मोरङको लेटाङ घटनाका दोषीलाई कानुन दायरामा ल्याउन आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेका विज्ञप्तिमा प्रभावकारी अनुसन्धानमार्फत पहिचान गरी कानुनी दायरामा ल्याउन  तथा घाइतेको निःशुल्क स्वास्थ्योपचार गर्न भनिएको छ।

    ‘बालिकामाथि भएको भनिएको दुर्व्यवहारको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस प्रकारका घटना हुन नदिन सचेत र संवेदनशील हुन आयोग सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछ।’

    मोरङको लेटाङ नगरपालिका-५ मा रहेको शिक्षा विकास माविमा अध्ययनरत एक बालिकालाई उक्त विद्यालयका शिक्षकले दुर्व्यवहार गरेको भनिएको घटनाको विषयमा आक्रोशित स्थानीयले आरोपितलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि चैत ४ गते आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो। आयोगको प्रदेश १ कार्यालय विराटनगरको टोलीले घटनाको स्थलगत अनुगमनसमेत गरेको बताइएको छ।


    शुक्रवार, चैत्र ११ २०७८०८:४९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij