काठमाडौँ । नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले आज शाहलाई थुनामा पठाउने आदेश दिएको हो । हिजो र आज भएको थुनछेक बहसपछि पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।
तत्काल प्राप्त प्रमाणबाट आरोपी कसूरदार देखिएको भन्दै अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अदालतको आदेशबाटै पललाई जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
मतियारका रुपमा मुद्दा दायर गरिएका पल शाहका म्यानेजर कृष्ण जोशीसँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।