Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चौरजहारी घटनाका मृतकका परिवारलाई सरकारले १० लाख दिने

चौरजहारी घटनाका मृतकका परिवारलाई सरकारले १० लाख दिने

  • मंगलवार, श्रावण २७ २०७७

  • 638
    SHARES

  • चौरजहारी घटनाका मृतकका परिवारलाई सरकारले १० लाख दिने

    काठमाडौं । पश्चिम रुकुम चौरजहारीको सोतीमा गत जेठ १० गते भएको घटनामा हत्या भएकाहरुका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

    मंगलबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिए ।

    उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार र भेरी नगरपालिका वडानम्बर ११ का गोविन्द शाहीको हत्या भएको थियो । अन्य १२ जना घाइते भएका थिए ।

    दलित भनेने समुदायका नवराजले चौरजहारीको मल्ल ठकुरी थरकी केटी लिन जाँदा घटना भएको थियो । संसदीय छानबिन समिति र विभिन्न तहबाट गठित समितिहरुले उक्त घटना जातीय र सामूहिक हत्या भएको निष्कर्ष निकालेका छन् ।


    मंगलवार, श्रावण २७ २०७७०५:४६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij