Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

चीनबाट दुई सय ३२ मेट्रिक टन रासायनिक मल ल्याइयो

चीनबाट दुई सय ३२ मेट्रिक टन रासायनिक मल ल्याइयो

  • बिहिवार, चैत्र १० २०७८

  • 679
    SHARES

  • चीनबाट दुई सय ३२ मेट्रिक टन रासायनिक मल ल्याइयो

    काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ। तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए।

    शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो। भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए। बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा १ हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ।

    रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ। बाँकी ८ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ।


    बिहिवार, चैत्र १० २०७८०६:५५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij