Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

यातायात कार्यालयका सर्भरमा समस्या, सबै सेवा बन्द

यातायात कार्यालयका सर्भरमा समस्या, सबै सेवा बन्द

  • बुधवार, चैत्र ९ २०७८

  • 620
    SHARES

  • यातायात कार्यालयका सर्भरमा समस्या, सबै सेवा बन्द

    काठमाडौँ । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्ने भएको छ । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले आज ५ बजेदेखि सबै सेवा बन्द गर्ने भएको हो ।

    विभागका प्रवक्ता लोकनाथ भुसालले एक सूचना जारी गर्दै सर्भरहरुमा समस्या देखिएका कारण उक्त समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारी गराउनुभएको हो ।

    यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

    हेर्नुहोस सूचना :

    yatayat-notoce.jpg


    बुधवार, चैत्र ९ २०७८०२:३१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij