काठमाडौं । मोरङको लेटाङमा एक जना प्रहरी जवानको ज्यान गएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीन राईका अनुसार एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिले सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाएपछि दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्ने राईले बताए ।
लेटाङ–५ को शिक्षा विकास माविका एक शिक्षकले १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको भनिएको घटनाबाट सिर्जित तनावमा झडप हुँदा गत आइतबार प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । थप २५ जना घाइते समेत भएका थिए ।