Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दाङमा नेपाली सेनाका २९ जना जवानमा कोरोना संक्रमण पुष्टि

दाङमा नेपाली सेनाका २९ जना जवानमा कोरोना संक्रमण पुष्टि

  • मंगलवार, श्रावण २७ २०७७

  • 392
    SHARES

  • दाङमा नेपाली सेनाका २९ जना जवानमा कोरोना संक्रमण पुष्टि

    शरद रेग्मी, दाङ । दाङमा नेपाली सेनाका २९ जना जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा स्वाब परीक्षण गर्दा नेपाली सेनाका २९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै १९ नम्बर बाहिनी तुलसीपुरमा कार्यरत सेना हुन् ।

    गएको साउन १८ गते प्यूठानबाट आएका एक सेनामा कोरोना संक्रमण पुष्टि भएपछि अन्य ३१ जनाको स्वाब संकलन गरि परीक्षणकालागि बाँके पठाईएको थियो । ति मध्ये २ जना बाहेक अन्य सबैको कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले बताए ।

    १६ गते प्यूठानबाट आएका एक सेनामा ज्वरो आएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि देखिएको थियो । मंगलबार संक्रमण पुष्टि भएका सबैलाई यस अघि नै बाहिनीको क्वारेन्टिनमा राखिएको थियो ।

    संक्रमितहरुलाई लक्षण भने नदेखिएको केसीले बताए । यस्तै दाङ बबई गाउँपालिकाका तीन जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


    मंगलवार, श्रावण २७ २०७७०४:१९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij