काठमाडौं– हाल प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले अपराह्नतिर पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज मंगलबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रदेश १ को पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। राति पनि प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।