Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जग्गा बेच्न नदिएको निहुँमा आमाको हत्या !

जग्गा बेच्न नदिएको निहुँमा आमाको हत्या !

  • सोमवार, चैत्र ७ २०७८

  • 769
    SHARES

  • जग्गा बेच्न नदिएको निहुँमा आमाको हत्या !

    काठमाडौं – पोखरामा वृद्धा हत्याको आरोपमा उनकै छोरा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको विहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

    उनको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमाको जग्गा बेच्न नदिएको निहुँमा ओमले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    ओमबहादुरले पोखरा महानगरपालिका–१२ स्थित घर र जग्गा बेच्न खोजेका थिए । तर आमा नौमायाले बेच्न मानेकी थिइनन् । त्यसपछि माटेपानी बस्ने साथी कुमार गुरुङलाई एक लाख दिने शर्तमा हत्यामा सहयोग मागेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।

    ‘आमालाई मारिसकेपछि साथी गुरुङलाई जग्गा, घर बेच्ने र त्यसपछि एकलाख रुपैयाँ नगद दिन्छु भनेर भनेको रहेछ,’ सोमबार आरोपित सार्वजनिक गर्दै डीएसपी तिवारीले भने ।

    ३ चैतमा फागु पूर्णिमाको दिन मदिरा सेवन गरेका ओम र उनका साथी राति घर आएर नौमायाको हत्या गरेको प्रहरीको भनाइ छ । घटनापछि दुवै जना कुमारकै घरमा गएर बसेको खुलेको प्रहरीले जनाएको छ ।

    ‘टोलछिमेकमा हेर्दा पनि कसैले पनि हत्या उनकै छोरा ओमले गरेको भन्ने शंकै थिएन । राम्रोसँग केयर गर्दै आइरहेको भन्ने बुझिएको थियो,’ डीएसपी तिवारीले भने, ‘अहिले अनुसन्धानका क्रममा दुवै आरोपीले घटना आफूहरुले घटाएको स्वीकारिसकेका छन् ।’

    उनीहरुमाथि ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।


    सोमवार, चैत्र ७ २०७८०४:४९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij