Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्यु, राजमार्ग अवरुद्ध

कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्यु, राजमार्ग अवरुद्ध

  • सोमवार, चैत्र ७ २०७८

  • 692
    SHARES

  • कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्यु, राजमार्ग अवरुद्ध

    काठमाडौं – कैलालीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१० को चुुहामा लु १ ख ८९३० नम्बरको ट्रकले सु.प.प्र ०१–००९ प ३९२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चालक स्थानीय २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले रावलको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्युु भएको जानकारी दिए । ठक्कर दिने ट्रक र चालक सुर्खेतको वराहाताल गाउँपालिका– १० का ३१ वर्षीय बुद्धिराम सुनारलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

    घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । घाइते रावलको उपचारका क्रममा मृत्युु भएलगत्तै बिहान ११ बजेदेखि स्थानीयले राजमार्गमा प्रर्दशनसहित अवरुद्ध पारेका छन् ।

    स्थानीयको अवरोधका कारण पूर्वपश्चिम राजमार्गमा बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । अहिले पीडित पक्षसँग इलाका प्रहरी कार्यालय लम्कीमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।


    सोमवार, चैत्र ७ २०७८०४:३८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij