काठमाडौँ । देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान प्रदेश १ तथा देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।