Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मोरङ घटना : घाइते प्रहरीको मृत्यु भएपछि अनिश्चितकालीन कर्फ्यु

मोरङ घटना : घाइते प्रहरीको मृत्यु भएपछि अनिश्चितकालीन कर्फ्यु

  • सोमवार, चैत्र ७ २०७८

  • 719
    SHARES

  • मोरङ घटना : घाइते प्रहरीको मृत्यु भएपछि अनिश्चितकालीन कर्फ्यु

    काठमाडौँ । मोरङमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोली र स्थानीयबीच झण्डप हुँदा घाइते भएकी महिना प्रहरी जवानको मृत्यु भएको छ ।

    झडपका क्रममा सख्त घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएपछि मोरङको लेटाङमा कर्फ्यु लगाइएको छ । आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएपछि स्थानीय प्रशासनले अहिले बिहान ७ बजेबाट कर्फ्यु लगाएको हो ।

    मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार अर्काे आदेश नभएसम्मका लागि लेटाङका ४, ५ र ६ नम्बर वडामा कर्फ्यु लगाएइएको हो । लेटाङ नगरपालिका– ५ स्थित शिक्षा विकास माविमा पढ्ने बालिकालाई सोही विद्यालयका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्ने सूचनापछि प्रहरी टोली उक्त स्थानमा पुगेको थियो ।

    आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायरसमेत गरेको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


    सोमवार, चैत्र ७ २०७८०७:२५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij