Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

स्थानीय तह निर्वाचनका लागि आजदेखि म्यादी प्रहरीको भर्ना खुल्यो

स्थानीय तह निर्वाचनका लागि आजदेखि म्यादी प्रहरीको भर्ना खुल्यो

११ गतेसम्म आवेदन दिन सकिने
  • आइतवार, चैत्र ६ २०७८

  • 932
    SHARES

  • स्थानीय तह निर्वाचनका लागि आजदेखि म्यादी प्रहरीको भर्ना खुल्यो

    काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना आज आइतबारदेखि खुलाइएको छ । आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन खुला गरेको हो । जसका लागि देशभरका जिल्लामा म्यादी भर्नाका लागि कोटाअनुसार आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्नेछन् । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्नेछ ।


    ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ ।

    म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन् । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।

    म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउँनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ ।


    आइतवार, चैत्र ६ २०७८०८:३४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij