Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

त्रिवि सेवा आयोगले रोक्यो उपप्राध्यापक पदको परीक्षा

त्रिवि सेवा आयोगले रोक्यो उपप्राध्यापक पदको परीक्षा

  • आइतवार, चैत्र ६ २०७८

  • 806
    SHARES

  • त्रिवि सेवा आयोगले रोक्यो उपप्राध्यापक पदको परीक्षा

    काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ। सर्वोच्च अदालतको आदेशका कारणले परीक्षा स्थगित गर्नुपरेको आयोगले सूचनामार्फत जानकारी दिएको छ।

    ‘सर्वोच्च अदालतबाट विज्ञापन नं. ७०१/२०७७/७८ देखि ८२८/०७७/७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको हुँदा आयोगको निर्णय बमोजिम उक्त परीक्षा हाललाई स्थगित गरिएको छ,’ आयोगको सूचनामा भनिएको छ।

    यही चैत ८ गतेदेखि आयोगको उपप्रध्यापक पदको लिखित परीक्षा सञ्चालन गर्ने तयारी थियो। सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गरिने त्रिवि आयोगले जनाएको छ।

     


    आइतवार, चैत्र ६ २०७८०६:५३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij