Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सञ्चालन गर्ने परिक्षा बोर्डको निर्णय

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सञ्चालन गर्ने परिक्षा बोर्डको निर्णय

  • शनिवार, चैत्र ५ २०७८

  • 516
    SHARES

  • कक्षा १२ को परीक्षा  जेठ १६ गतेदेखि सञ्चालन गर्ने परिक्षा बोर्डको निर्णय

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ ।

    आज शुक्रवार बसेको बोर्ड बैठकले कक्षा १२ को परीक्षा २०७९ सालको जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
    परीक्षा नौ दिन सञ्चालन हुनेछ । थप विवरण केहीबेरमा वेबसाइटमा राख्ने उहाँले बताउनुभयो ।

    प्रश्न पत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ । कोरोनाका कारण बोर्डले गएको वर्षदेखि प्रश्न पत्र प्रकाशन गर्न छोडेको हो ।

    यस वर्ष झन्डै चार लाख विद्यार्थीले १२ कक्षाको परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


    शनिवार, चैत्र ५ २०७८०६:१९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij