काठमाडौं । संघीय सांसद प्रदीप यादव कोरोनाभाइरसमुक्त भएका छन् । कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका प्रतिनिधि सभा सदस्य यादवले पछिल्लो दुईवटा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
१२ दिनमै कोरोनालाई जितेर निको भएका यादवले मंगलबार आफ्नो कोरोना परीक्षणको नेगेटिभ आएको नतिजा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
गएको सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार कोरोना नेगेटिभ रिपोर्ट आएको हो । उनले कोरोना रिपोर्ट निगेटिभ आएको र १२ दिनमै कोरोना जितेको जानकारी दिएका हुन् ।
उनी गएको १६ साउनमा वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालाको परीक्षणबाट कोरोना पुष्टि भएपछि आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।

