Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना कहर: विराटनगरका ६ जना पत्रकारमा संक्रमण पुष्टि

कोरोना कहर: विराटनगरका ६ जना पत्रकारमा संक्रमण पुष्टि

  • मंगलवार, श्रावण २७ २०७७

  • 720
    SHARES

  • कोरोना कहर: विराटनगरका ६ जना पत्रकारमा संक्रमण पुष्टि

    विराटनगर । विराटनगरका ६ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप दुई जना पत्रकारसहित विराटनगरका २३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो परीक्षणमा स्थानीय उद्घोष दैनिकका थप दुईजना पत्रकारमा कोरोना पुष्टि भएको छ । 

    योसहित उद्घोष पत्रिकाका पाँच पत्रकार र एक जना कर्मचारीमा पनि संक्रमण देखिएको छ । यसअघि संक्रमण पुष्टि भएका साप्ताहिक पत्रिका पत्रकार होम आईसोलेसनमा छन् । 

    सम्पादक भण्डारीले पीसीआर रिर्पोट आउन प्रदेश सरकारको ल्याबबाट निकै ढिला भएको गुनासो गरेका छन् ।  पत्रकार र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पत्रिकाको प्रकाशन बन्द भएको छ । तर, अनलाइन भने जारी नै छ । संक्रमण भएका पत्रकार आइसोलेसनमा छन् ।  

    उनीहरुले सामाजिक सञ्‍जालमा स्टाटस लेख्‍दै पछिल्लो केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पीसीआर परीक्षण गराउन आग्रह गरेका छन् । 


    मंगलवार, श्रावण २७ २०७७०२:४३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij