Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालगन्जमा आज थप ५९ जनामा कोरोना पुष्टि, बाँकेका २६ जना

नेपालगन्जमा आज थप ५९ जनामा कोरोना पुष्टि, बाँकेका २६ जना

  • मंगलवार, श्रावण २७ २०७७

  • 761
    SHARES

  • नेपालगन्जमा आज थप ५९ जनामा कोरोना पुष्टि, बाँकेका २६ जना

    बाँके । बाँकेमा मंगलबार पनि ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालका अनुसार, ५९ जनाको संक्रमण पुष्टि हुँदा बाँकेका २६ जना रहेका छन् ।

    बाँके र दाङमा संकलन गरिएको स्याम्पलमा ५९ जना संक्रमित थपिएका हुन् । बाँकेमा मेडिकल कलेज, कोहलपुरका चिकित्सकसहित कर्मचारी र बिरामी गरी पाँचजनामा कोरोना पुष्टि भएको छ ।

    बाँकेमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित थपिँदा राख्ने ठाउँको समस्या हुन थालेको छ । सुरुवाति चरणमा सञ्चालन गरेर बन्द भइसकेका आइसोलेशन सेन्टरलाई पुनः सञ्चालन गराउँदासमेत बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ ।

    पछिल्लो समयमा आफै पैसा तिरेर बस्न चाहनेलाई होटलको व्यवस्थासमेत गरिएको छ । मंगलबार थपिएका बाँकेका धेरैजसो नेपालगञ्ज बजार क्षेत्रकै छन् ।


    मंगलवार, श्रावण २७ २०७७०२:१७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij