Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

यस्तो रहने छ आज देशभरको मौसम

यस्तो रहने छ आज देशभरको मौसम

  • शुक्रवार, फाल्गुण २७ २०७८

  • 733
    SHARES

  • यस्तो रहने छ आज देशभरको मौसम

    काठमाडौं– हाल देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्यत्र मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव सुरु भएको महाशाखाले जनाएको छ।

    आज शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।

    अपराह्नपछि देशको पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन÷चट्टयाङसहित वर्षाको सम्भावना महाशाखाले जनाएको छ। गण्डकी, बागमती र प्रदेश १को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

    आज राति देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।


    शुक्रवार, फाल्गुण २७ २०७८०७:१८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij