काठमाडौ – संखुवासभाको मादीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।
मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकी मादी नगरपालिका ५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको प्रहरीले जनाएको छ ।
यसअघि घटनास्थलमै १४ जनाको ज्यान गएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । ४ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।