Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

संखुवासभा बस दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै सनाखत, एउटै नगरपालिकाका ११ जना

संखुवासभा बस दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै सनाखत, एउटै नगरपालिकाका ११ जना

  • बिहिवार, फाल्गुण २६ २०७८

  • 633
    SHARES

  • संखुवासभा बस दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै सनाखत, एउटै नगरपालिकाका ११ जना

    काठमाडौं – संखुवासभाको मादी नगरपालिका ६ सात घुम्तीमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका१४ जनाकै सनाखत भएको छ ।

    जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार ५ जनाको उपचार भइरहेको छ। मृत्यु हुनेमा मादी नगरपालिकाका मात्र ११ जना रहेका छन् । ज्यान गुमाउनेमा मादी नगरपालिका –६ की ३० वर्षीया सिता विक, ३२ वर्षीया अञ्जना कटवाल र ५ वर्षीया दिक्षा कटवाल रहेका छन् ।

    यस्तै वडा –५ बस्ने ४९ वर्षीय भवानीप्रसाद दाहाल, ५५ वर्षीय श्याम शेर्पा र उमेश भट्टराई रहेका छन्। वडा–४ बस्ने ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सविता कार्की र आइतबहादुर तामाङ रहेका छन् ।

    वडा –२ बस्ने ४२ वर्षीय इन्द्र अधिकारीको पनि मृत्यु भएको छ। ताप्लेजुङ घर भएकी ३१ वर्षीया समिक्षा योन्जन र उनका ८ वर्षीय छोरा सुदिप घिसिङ तथा तेह्रथुमको फाक्चामारा घर भएका ३१ वर्षीय विपिन निरौलाको पनि ज्यान गएको डीएसपी सुवेदीले जानकारी दिए। विपिन बसका चालक र उमेश सहचालक हुन् ।


    बिहिवार, फाल्गुण २६ २०७८०२:१२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij