काठमाडौं । संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
बिहीबार बिहान करिब सवा ७ बजेतिर बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटनामा परेको थियो।
मादी(६ का वडा अध्यक्ष धननारायण तामाङले १४ जनाको शव निकालिएको जानकारी दिए।
‘१४ जनाको शव निकालेर पोस्टमार्टमका लागि पठाइएको छु वडा अध्यक्ष तामाङले भने, ’ ५ जना घाइतेलाई सदरमुकार चैनपुर अस्पताल लगिएको छ।’