Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज विश्व मृगौला दिवस, बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज विश्व मृगौला दिवस, बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

  • बिहिवार, फाल्गुण २६ २०७८

  • 936
    SHARES

  • आज विश्व मृगौला दिवस, बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । विश्व मृगौला दिवस आज बिहिबार नेपालमा पनि बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले मार्च १० लाई विश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

    दिवसका लागि यस वर्षको नारा “सबैका लागि स्वस्थ्य मृगौला” भन्ने तय गरिएको छ। केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको तथ्याङ्क छ। विश्वमा हरेक १० जना मानिस मध्ये १ जनालाई मृगौला सम्वन्धी रोग भएको अनुमान गरिएको छ ।

    नेपालमा पनि झण्डै ३० लाख व्यक्तिहरु मृगौला सम्वन्धी कुनै न कुनै रोगबाट पीडित छन्। नेपालमा हरेक वर्ष करिब तीन हजार जनाको मृगौला फेल हुने गरेको तथ्याङ्क छ। मधुमेह रोग भएका विरामीहरुलाई त मृगौलाको रोग हुने संभावना अझ ३ गुणा बढी हुन्छ।

    मृगौला रोगको उपचार हुने भएपनि त्यो महँगो भएकाले सहज मानिँदैन। नेपाल सरकारले निःशुल्क मृगौला प्रत्यारोपण र डायलाइसिसको सुविधा उपलव्ध गराएको भएपनि औषधीकै लागि विरामीले लाखौं रुपैया खर्च गरिरहनु परेको छ।

    त्यसैले मृगौलाको समस्या देखिनु अगावै खासगरी मधुमेह र उच्च रक्तचापका समस्या तथा अधिक मोटोपन भएका र परिवारमा यस्तै समस्याका अन्य सदस्य भएका एवं आँखाको डिल सुन्निने, गोलीगाँठो सुन्निने जस्ता समस्या भएकाहरुले नियमित मृगौला जाँच गराउन चिकित्सकहरुको सुझाव छ।


    बिहिवार, फाल्गुण २६ २०७८०८:३०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij