Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने

  • बिहिवार, फाल्गुण २६ २०७८

  • 351
    SHARES

  • रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने

    काठमाडौं । कोरोना महामारीका कारण बन्द भएका रात्रिकालीन व्यवसाय सरकारले रातभर सञ्चालन गर्न दिने भएको छ।

    गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाउँदै २४ सै घण्टा चल्न दिने निर्णय गरेको हो।

    गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाइने भएको छ। यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो।

    तर, व्यवसायीहरुले मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनासो गर्दै आएका थिए। त्यसपछि रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए।

    कार्यदलले शान्ति सुरक्षालगायतका विषयलाई अध्ययन गरेर रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिन सिफारिस गरेको गरेको थियो। उक्त सिफारिस अनुसार गृहले रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा चल्न दिने निर्णय भएको हो।

     

     


    बिहिवार, फाल्गुण २६ २०७८०७:३३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij