Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप १ सय ९४ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

थप १ सय ९४ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

  • मंगलवार, फाल्गुण २४ २०७८

  • 779
    SHARES

  • थप १ सय ९४ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

    काठमाडौं – देशभर थप १ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७४ तथा एन्टिजेन विधिबाट १२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा थप ३४८ जना सङ्क्रमणमुक्त भएको छ । हालसम्म ९ लाख ५९ हजार ८१७ जना निको भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८७५ पुगेको छ ।

    कोरोनाको सङ्क्रमणबाट थप एक जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ३ हजार ६२५ जनाले खोप लगाएका छन् ।


    मंगलवार, फाल्गुण २४ २०७८०५:११:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij