Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : सुदूरपश्चिम, गण्डकी र प्रदेश १ मा हल्का वर्षा

आजको मौसम : सुदूरपश्चिम, गण्डकी र प्रदेश १ मा हल्का वर्षा

  • मंगलवार, फाल्गुण २४ २०७८

  • 737
    SHARES

  • आजको मौसम : सुदूरपश्चिम, गण्डकी र प्रदेश १ मा हल्का वर्षा

    काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहान पहाडी भुभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    यस्तै आज दिउँसो पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । यस्तै सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।


    मंगलवार, फाल्गुण २४ २०७८०६:२८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij