काठमाडौँ । काठमाडौँको नागर्जुन नगरपालिका–६, रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् । सोमबार साँझ भित्रबाट ढोको बन्द गरिएको अवस्थामा एकै परिवारका ५ जना बेहोस् अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिनुभयो ।
उनीहरुलाई मनमोहन अस्पताल लगिएको छ । अस्पतालले एकजनालाई मृत घोषणा गरेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका डल्लु स्थायी घर भइ हाल रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् । गम्भिर घाइते उनको परिवारका थप चार सदस्यको उपचार भइरहेको एसएसपी गिरीले बताउनुभयो ।
प्रहरीका अनुसार उनीहरुको मृत्युको कारणबारे खुलिसकेको छैन । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ मा पनि सोमबार एकै परिवारका पाँच जना मृत अवस्थामा भेटिएका थिए ।