Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

ललितपुर घटना : निसासिएर ५ जनाको ज्यान गएको प्रहरीको निष्कर्ष

ललितपुर घटना : निसासिएर ५ जनाको ज्यान गएको प्रहरीको निष्कर्ष

  • सोमवार, फाल्गुण २३ २०७८

  • 706
    SHARES

  • ललितपुर घटना : निसासिएर ५ जनाको ज्यान गएको प्रहरीको निष्कर्ष

    काठमाडौं – ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित ५ जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा ४ जना मृत भेटिएका छन् । दुई वर्षीय शिशुलाई उपचारका लागी लैजाँदै गर्दा पाटन अस्पतालमा मृत्यु भएको छ ।

    बेहोस अवस्थामा भेटिएका २३ वर्षीय शुभ स्याङतानको पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा गएर फरेन्सिक चिकित्सकको टोली र प्रहरी अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । घटनास्थलमा गएका ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलकाअनुसार परिवारका सदस्यहरु घरभित्र आगो बालेर सुतेको र भेन्टिलेसन नभएको भेटिएको छ ।

    मृत्युको यकिन कारण खुल्न बाँकी रहेको जानकारी दिँदै प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेलले भने–‘झ्याल, ढोका बन्द गरेर सुतेको र आगो बालेको हुनाले निसास्सिएको हुनसक्ने आशंका गरेका छौं, थप अनुसन्धान हुँदै छ ।’

    सुस्मा स्याङतानले दुई दिनअघि बच्चा जन्माएकी थिइन् । बच्चालाई न्यानोमा राख्न उनीहरुको कोठामा आगो बालेर सुतेको भेटिएको छ । दुई वर्षीय शिशु र अरु ५ जना एउटै कोठामा सुतेका थिए । पाटन अस्पतालमा उपचार गराइरहेका शुभ स्याङतान दुई दिनअघि जन्मिएका शिशुको बुवा हुन् ।

    सुतिरहेको अवस्थामा मृत फेला पर्नेहरुमा ५५ वर्षीया काँइली स्याङतान, ९ वर्षका आशिष स्याङतान, २३ वर्षीया सुस्मा स्याङतान, ७ वर्षकी आस्मा स्याङतान छिन् । प्लाष्टर गरेको र जस्ताको छानो भएको एकतले घरमा उनीहरु मृत भेटिएका हुन् । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार घरभित्र हावा छिर्ने र बाहिर निस्कने भेन्टिलेसन थिएन ।


    सोमवार, फाल्गुण २३ २०७८०२:२७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij