काठमाडौ – तनहुँको बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले “ब्यवसायिक झिलिङ्गा बनाउने तालिम”सम्पन्न गरेको छ । संस्थाका २७ जना ग्राहक सदस्यहरुको सहभागितामा फाल्गुण २१ गते लालिम सम्पन्न भएको डुम्रे शाखाका प्रमुख रोशनलाल श्रेष्ठले जानकारी दिए ।
तालीम मार्फत झिलिङ्गाको परिचय, झिलिङ्गाको माग, झिलिङ्गाको बजार, आवश्यक कच्चापदार्थ, आवश्यक सामानहरु, बनाउने विधि तथा तरिका, बजार ब्यवस्थापन, संस्थाले प्रदान गरी रहेको सेवाहरु, बचतको महत्वबारेमा यस तालिममा सहभागीहरुले जानकारी दिईएको श्रेष्ठले बताए । संस्थाले पाँचवर्षदेखि निरन्तर लघुवित्त सेवादिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको श्रेष्ठले बताए । प्रशिक्षक विष्णु खड्काले तालिममा सहजीकरण गरेका थिए ।
तालिमका सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्यबारे संस्थाका जनशक्ति ब्यवस्थापन विभाग प्रमुख रत्न प्रसाद अधिकरीले जानकारी गराका थीए । आफ्नै बचतमा रहेको रकमबाट पनि झिलिङ्गा ब्यवसाय सञ्चालन गर्न सकिने उनले बारे उनले हसहभागीलाई जानकारी गराए ।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ वटै प्रदेशका, ४३ जिल्लामा ९० शाखा कार्यालयहरुको सञ्जाल रहेको छ । ९० शाखा कार्यालय, ५ मुकाम कार्यालय र केन्द्रीयकार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा पु¥याई रहेको जनाइएको छ ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिमलगायतका कार्यक्रमहरु सञ्चालन गर्नुका साथै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकता अनुसार लगानी गर्दै आएको छ । । संस्थाले २०७८ माघ मसान्त सम्ममा ७० हजार ६२९ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७८ माघ मसान्त सम्म लगानीमा ४ अरब ४६ करोड रहेको छ भने ग्राहक सदस्यहरुको १ अर्व १६ करोड बचत परिचालन गरेको जनाएको छ ।
संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पु¥याउन विभिन्न किसिमका सीपविकास तालिम सञ्चालन गरी रहेको छ । संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दैं जाने लक्ष्य रहेको संस्थाका नायब महाप्रवन्धक पवनकुमार श्रेष्ठले जानकारी दिए ।