Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

महाशिवरात्रिमा पशुपति आएका साधुसन्तको बिदाइ, ८ हजारसम्म दक्षिणा दिइयो

महाशिवरात्रिमा पशुपति आएका साधुसन्तको बिदाइ, ८ हजारसम्म दक्षिणा दिइयो

  • शनिवार, फाल्गुण २१ २०७८

  • 620
    SHARES

  • महाशिवरात्रिमा पशुपति आएका साधुसन्तको बिदाइ, ८ हजारसम्म दक्षिणा दिइयो

    काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ।

    महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेको हो।

    संस्थानले बिहीबार र शुक्रबारसमेत साधुसन्तलाई बिदाइ गरेको पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले जानकारी दिइन्। गोरखनाथ अखडाका साधुसन्तलाई भने बिदाइ गर्न बाँकी रहेको संस्थानले जनाएको छ।

    बिदाइका अवसरमा फागुन कृष्ण एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेको सामग्रीसहित दक्षिणा पनि दिइएको हो।

    संस्थानले रु ९०० देखि रु आठ हजारसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ। नागाबाबालाई रु आठ हजार र अन्यलाई रु ९०० भन्दामाथि दक्षिणा दिइएको संस्थानका प्रवक्ता जनक पोखरेलले बताए।

    यसैगरी कोषले पनि रु १०५ देखि रु पाँच हजार १०० सम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ। धेरै साधुसन्तलाई बिहीबार नै बिदाइ गरिएकामा केही छुटपुट साधुसन्तलाई भने शुक्रबार बिदाइ गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। कोषले अहिलेसम्म करिब तीन हजार ५०० जना साधुसन्तलाई बिदाइ गरेको जनाएको छ।


    शनिवार, फाल्गुण २१ २०७८०७:२५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij