काठमाडौँ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्यत्र सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।
पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको छ । सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज राति देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।