Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

पाँचजनाको ज्यान लिएको नरभक्षी बाघ वन कार्यालयको नियन्त्रणमा

पाँचजनाको ज्यान लिएको नरभक्षी बाघ वन कार्यालयको नियन्त्रणमा

  • बुधवार, फाल्गुण १८ २०७८

  • 1.8K
    SHARES

  • पाँचजनाको ज्यान लिएको नरभक्षी बाघ वन कार्यालयको नियन्त्रणमा

    काठमाडौं । बाँकेमा पाँचजनाको ज्यान लिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।

    वन डिभिजन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिका ६ राप्ती पिडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिएको हो ।

    वन डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी गणेशबहादुर खड्काले कार्यालयको जनशक्ति, नेपाली सेना, नेपाल प्रहरी, बाँके राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायीक तथा उपभोक्ता समुहको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

    ‘‘गत नौ गतेदेखि वनमा डार्ट राखेका थियौँँ । त्यसयता बाघको निगरानी गरिरहेका थियौँ । गएराति डार्ट लाग्यो । त्यसपछि बिहान साढे ९ बजे खोरमा हालेर नियन्त्रणमा लियौँ,” उनले भने ।

    सोही नरभक्षी बाघको आक्रमणबाट पाँच जना मानिसको मृत्यु भएको खड्काले जानकारी दिए ।

    ‘‘हालै बाघको आक्रमणबाट पाँचजनाको मृत्यु भयो । दुई जनालाई घाइते बनायो । घाइतेको अहिले पनि उपचार भइरहेको छ । पहिलेदेखि हामीले बाघलाई नियन्त्रणमा लिनका लागि धेरै प्रयास गरेका थियौँ । त्यतिबेला सम्भव भएन,” उनले भने ।

    अहिले विभिन्न निकायको सहयोग र समन्वयमा बाघलाई नियन्त्रणमा लिन सकिएको उनको भनाइ छ । खड्काका अनुसार पछिल्लो समय बाघले स्थानीय धनबहादुर चलाउनेलाई आक्रमण गरेको थियो ।

    बाघले राप्तीसोनारी गाउँपालिका वडा ४ र ६ का स्थानीयलाई पटक पटक आक्रमण गरेको थियो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्याम कुमार  साहले बाघ अहिले राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको जानकारी दिए ।


    बुधवार, फाल्गुण १८ २०७८०३:२५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij