Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

ललितपुरबाट २५ जुवाडे पक्राउ

ललितपुरबाट २५ जुवाडे पक्राउ

  • बुधवार, फाल्गुण १८ २०७८

  • 411
    SHARES

  • ललितपुरबाट २५ जुवाडे पक्राउ

    काठमाडौं – जुवा खेलेको आरोपमा प्रहरीले ललितपुरबाट २५ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहका अनुसार जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई पक्राउ गरिएको हो।

    मंगलबार राति महालक्ष्मी नगरपालिका–४ ओचुहाइटस्थित बिनोदकुमार श्रेष्ठले संचालन गरेको ओचु ब्याडमिन्टन क्लब रहेको घरबाट उनीहरूलाई पक्राउ गरेको हो।

    उनीहरूबाट प्रहरीले ४ लाख २९ हजार ५९० रुपैयाँ बरामद गरेको छ। त्यस्तै ३० बुक तास पनि बरामद गरेको छ। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


    बुधवार, फाल्गुण १८ २०७८०२:५२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij