Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : तीन वटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

आजको मौसम : तीन वटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

  • बुधवार, फाल्गुण १८ २०७८

  • 744
    SHARES

  • आजको मौसम : तीन वटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

    काठमाडौँ । प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा हाल आंशिक बदली रही अन्यत्र सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहने र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    देशका पहाडी भू–भागको केही स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलीरहने र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

    प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


    बुधवार, फाल्गुण १८ २०७८०७:२९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij