Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : पहाडी भू–भागमा बदली, तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

आजको मौसम : पहाडी भू–भागमा बदली, तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

  • बिहिवार, फाल्गुण १२ २०७८

  • 384
    SHARES

  • आजको मौसम : पहाडी भू–भागमा बदली, तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ । महाशाखाका अनुसार सूदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।

    आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।


    बिहिवार, फाल्गुण १२ २०७८०६:४०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij