Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कहिले उठ्ला काठमाडौँ उपत्यकाका सडक किनारामा थुप्रिएका फोहोर ?

कहिले उठ्ला काठमाडौँ उपत्यकाका सडक किनारामा थुप्रिएका फोहोर ?

  • बुधवार, फाल्गुण ११ २०७८

  • 609
    SHARES

  • कहिले उठ्ला काठमाडौँ उपत्यकाका सडक किनारामा थुप्रिएका फोहोर ?

    काठमाडौँ । काठमाडौँ उपत्यकाका सडक किनारामा थुप्रिएका फोहोर अझै केही दिन नउठ्ने भएको छ । नुवाकोटको सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै ६ किलोमिटर सडक मर्मत कार्य गर्नु परेकाले फोहोर उठ्न नसकेको काठमाडौँ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो ।

    सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले अझै एक–दुई दिन फोहोर नउठ्ने महानागरको भनाइ छ । सडक निर्माण कार्यमा ठेकेदारले ढिलासुस्तीले गर्दा फोहोर उठाउन समस्या भइरहेको जनाइएको छ । कालोपत्रे नगरी गाडी चलाउन नै नमिल्ने भएकाले कालोपत्रे सम्पन्न भएपछि मात्र फोहोर उठाउन थालिने डंगोलले बताउनुभयो ।

    अबको एक–दुई दिनमा कालोपत्रे सकिने र फोहोर उठाउन थालिने उहाँले भनाइ छ । सडक कालोपत्रेको माग राख्ने स्थानीय आन्दोलित भएपछि फोहोर उठ्न छोडेको थियो । तर डंगोलका अनुसार सिसडोलमा फोहोर फाल्ने विषयमा अहिले भने विवाद छैन ।


    बुधवार, फाल्गुण ११ २०७८०६:४०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij