Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको महाधिवेशन चैतमा हुने

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको महाधिवेशन चैतमा हुने

  • मंगलवार, फाल्गुण १० २०७८

  • 1.6K
    SHARES

  • प्रजातन्त्रवादी प्राध्यापक सङ्घको महाधिवेशन चैतमा हुने

    काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको महाधिवेशन आगामी चैतमा काठमाडौँमा हुने भएको छ । काठमाडौमा बसेको सङ्घको केन्द्रीय समितिको बैठकले चैत ११ र १२ गते महाधिवेशन गर्ने निणर्य गरेको हो ।

    सङ्घका सचिव तथा सहप्राध्यापक डा। विष्णु पोख्रेलका अनुसार क्याम्पस एकाइ अधिवेशन फाल्गुन मसान्तभित्र सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ । त्यसैगरी चैत्र ५ गतेभित्र महाधिवेशन प्रतिनिधि, एकाइ समितिको नामावली, साधारण सदस्यको रसिद सहितको नामावली र शुल्क केन्द्रीय कार्यालयमा पठाउनु पर्ने उहाँले जानकारी दिनुभयो ।

    पटक पटक स्थगित हुदै सर्दै आइरहेको महाधिवेशन अहिले भने हुने सुनिश्चित भएको छ । महाधिवेशन विधानको तोकिएको समयावधिभन्दा दुई बर्ष ढिला हुन लागेको हो । महाधिवेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।


    मंगलवार, फाल्गुण १० २०७८०८:२६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij