Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

देशका पहाडी भू–भागमा आज वर्षा र हिमपातको सम्भावना

देशका पहाडी भू–भागमा आज वर्षा र हिमपातको सम्भावना

  • आइतवार, फाल्गुण ८ २०७८

  • 682
    SHARES

  • देशका पहाडी भू–भागमा आज वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पहाडी भू–भागको केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागको थोरै स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले जनाएका छन् ।


    आइतवार, फाल्गुण ८ २०७८०६:३८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij