काठमाडौँ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहने छ ।
महाशाखाका अनुसार देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति पनि देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।