काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य ठाउँमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ । महाशाखाका अनुसार देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।