Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अब एयरपोर्टमा प्रिन्ट गरिएको टिकट अनिवार्य

अब एयरपोर्टमा प्रिन्ट गरिएको टिकट अनिवार्य

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 821
    SHARES

  • अब एयरपोर्टमा प्रिन्ट गरिएको टिकट अनिवार्य

    काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आन्तरिक उडान गर्ने यात्रुहरूले पिएनआर नम्बर मात्रै देखाएर छिर्न नपाउने भएका छन्।

    विमानस्थल छिर्न मोबाइलमा डाउनलोड गरिएको टिकट अथवा प्रिन्ट गरिएको टिकट अनिवार्य गरिएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए।

    यसअघि कतिपय यात्रुहरू पिएनआर नम्बर मात्रै लिएर पनि जाने गरेका थिए।

    यो नम्बर मात्र लिएर जाँदा व्यक्तिको नाम, ठेगाना लगायत विवरण नखुल्ने हुँदा अप्ठ्यारो सिर्जना भएकाले यो व्यवस्था लागू गरिएको महाप्रबन्धक गुरागाईंको भनाइ छ।

    ‘यसले झन्झट भयो। भिडभाड र लामो लाइन लाग्यो। त्यसले गर्दा हामीले छिर्नु अगाडि प्रिन्ट गरेर वा मोबाइलमा टिकट ल्याउनुस् भनेका हौं,’ उनले भने।

    उनका अनुसार मोबाइल तथा इलेक्ट्रिक डिभाइसमा टिकट डाउनलोड गरिएको भए देखाएर पनि प्रवेश पाइन्छ।


    मंगलवार, फाल्गुण ३ २०७८०४:३६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij