Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

टिपरको ठक्करबाट दाङमा एक महिलाको मृत्यु , पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

टिपरको ठक्करबाट दाङमा एक महिलाको मृत्यु , पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 318
    SHARES

  • टिपरको ठक्करबाट दाङमा एक महिलाको मृत्यु , पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    दाङ। दाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् ।

    उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनलाई पूर्व–पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा रा१ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको थियो ।

    साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको हो ।घटनापछि मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका छन् । पूर्व–पश्चिम् राजमार्ग बन्द भएपछि गाडी सडकमै रोकिएका छन् ।

    मृतकको शव घटनास्थानमै छ ।

     


    मंगलवार, फाल्गुण ३ २०७८१०:११:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij