Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

कोरोनाबाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

  • आइतवार, श्रावण २५ २०७७

  • 901
    SHARES

  • कोरोनाबाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा मृत्यु हुनेमा कास्की र पर्सामा २ जना रहेका छन् । 

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपालिका १९ का ६२ वर्षीय वृद्धको सान २४ गते मृत्यु भएको बताए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरका क्रमममा मृत्यु भएको हो ।

    यस्तै पर्साको वीरगञ्ज महानगरपालिका २ बस्ने २० वर्षीय महिलाको २४ गते निधन भएको उनले बताए । उपचारका लागि नारायणी अस्थायी कोभिड अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

     

    आइतबार थप ३ सय ८० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ९२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा संक्रमण देखिएको हो । 


    आइतवार, श्रावण २५ २०७७०५:५९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij