Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आगामी तीन दिनको मौसम ?

कस्तो रहला आगामी तीन दिनको मौसम ?

  • सोमवार, फाल्गुण २ २०७८

  • 825
    SHARES

  • कस्तो रहला आगामी तीन दिनको मौसम ?

    काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले देशको पहाडी भेगमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ ।

    महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज कतै वर्षा तथा हिमपातको सम्भावना देखिएको छैन । आज दिउँसो तथा राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

    भोलि दिउँसो भने पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि राति देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । वर्षाको सम्भावना भने छैन ।

    यसैगरी बुधबार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ भने पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    सोमवार, फाल्गुण २ २०७८०६:५०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij