Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

४० वर्ष जेल बसेका दुर्गाप्रसादले ८ लाख क्षतिपूर्ति पाए

४० वर्ष जेल बसेका दुर्गाप्रसादले ८ लाख क्षतिपूर्ति पाए

  • आइतवार, फाल्गुण १ २०७८

  • 965
    SHARES

  • ४० वर्ष जेल बसेका दुर्गाप्रसादले ८ लाख क्षतिपूर्ति पाए

    काठमाडौं। कसूरमाथि सुनुवाइविना भारतीय जेलमा ४० वर्ष बसेका दुर्गाप्रसाद तिम्सिनाले क्षतिपूर्ति पाएका छन् ।

    उच्च अदालत, कोकलाताको आदेश अनुसार उनले नेपाली ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका हुन् । कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले काँकडभिट्टामा आयोजित समारोहमा उनलाई क्षतिपूर्ति रकम बराबरको चेक हस्तान्तरण गरे ।

    भारतको उच्च अदालत, कोलकाताले २१ मंसिरमा तिम्सिनालाई भारु ५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् ६ साताभित्र दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन भनेको थियो ।

    क्षतिपूर्ति रकम पाउने भएपछि दुर्गाप्रसाद आफन्तसमेत रहेका प्रदेश सांसद धिरेन्द्र शर्मा, भतिजा गोपाल तिम्सिनासहित काँकडभिट्टा आएका थिए ।

    इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा एक युवतीको हत्या आरोपमा उनी पक्राउ परेका थिए ।

    आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । चैत ७ गते उनी कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए ।


    आइतवार, फाल्गुण १ २०७८०५:१९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij